Redirecting...

बैंकका सीईओ र सञ्चालकको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ, अनिवार्य स्वीकृति लिनुपर्ने - www.nepalclicks.com

बैंकका सीईओ र सञ्चालकको विदेश भ्रमणमा राष्ट्र बैंकको कडाइ, अनिवार्य स्वीकृति लिनुपर्ने - www.nepalclicks.com
Source: nplk

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को विदेश भ्रमणमा कडाइ गरेको छ। राष्ट्र बैंकले विदेशी भ्रमणमा जाने बैंक तथा वित्तीय संस्थाका सञ्चालक र सीईओले अनिवार्य रूपमा सञ्चालक समितिबाट स्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको हो। राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै विदेश भ्रमणसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाएको जनाएको छ। संशोधित व्यवस्थाअनुसार सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणलाई व्यवस्थित गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाले यससम्बन्धी कार्यविधि तयार गरी लागू गर्नुपर्नेछ। उक्त कार्यविधिमा अन्य आवश्यक विषयका अतिरिक्त सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा प्रमुख कार्यकारी अधिकृत विदेश भ्रमणमा जाँदा प्रत्येक पटक सञ्चालक समितिबाट निर्णय गरिनुपर्ने व्यवस्था अनिवार्य रूपमा समेटिनुपर्नेछ। सो निर्णयमा भ्रमणको उद्देश्य, उपयोगिता लगायतका पक्ष स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ। संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमण गर्नुपर्ने अवस्थामा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमणमा लाग्ने खर्च तथा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थालाई हुने लाभसमेतको विश्लेषण गर्नुपर्नेछ। साथै, विदेश भ्रमण कार्यक्रम मितव्ययी हुने गरी सम्पन्न गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।