सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो इन्जिनियरिङको भर्ना, ५० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति - techpana.com
Source: tcpn
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले ५० प्रतिशत छात्रवृत्तिसहित इन्जिनियरिङ विषयमा भर्ना खुलाएको छ । विश्वविद्यालयले स्नातक तहका लागि कम्प्युटर इन्जिनियरिङ र आर्किटेक्चर, सिभिल इन्जिनियरिङ विषयमा समान ४८/४८ सिटमा भर्ना खुलाएको हो । कञ्चनपुरको महेन्द्रनगरमा रहेको विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा तीन वटै विषयमा भर्ना हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन लागिएको डिन एवम् प्राडा कृष्णदत्त भट्टले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयमा हरेक विषयमा २४/२४ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।&...