Redirecting...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त - www.onlinepana.com

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त - www.onlinepana.com
Source: onpa

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्ता जगदिश खरेलले बताए । श्रेष्ठ आयोगका पूर्व सदस्य तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । मन्त्रिपरिषदले आयोगको सदस्यमा सुनिति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ । बैठकले प्रचलित कानूनमा व्यवस्था भए बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रुपमा हुलाक टिकट टास्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए । The post राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).