Redirecting...

साताकाे पुस्तक : घुम्ती बिक्रीमा छ - sahityapost.com

साताकाे पुस्तक : घुम्ती बिक्रीमा छ - sahityapost.com
Source: shpt

घुम्ती बिक्रीमा छ – ऋजन मायालु कवि ऋजन मायालुको कविता सङ्ग्रह हो ‘घुम्ती बिक्रीमा छ’ । ऋजनको कवितामा प्रेम, विसंगती प्रति व्यंग्य, खबरदारी आन्चलिकता भरपुर पाइन्छ । ”बिस्तारै अध्याय फेरियो ।” पुस्तकमा ऋजन लेख्नुहुन्छ, ”कोविदको प्रेम फिक्का लाग्न थाल्यो । कोविद चटक्क छाडेपनि तिनको जस्तो सरल भाषा छाड्न सकिनँ। अभावमा आप्पा-आमाले गरेको दुःखलाई सँगै बसेर महसुस गर्न पाएँ। त्यसैले होला आफूले गरेका सानातिना सङ्घर्षलाई दुःख भन्न मन लाग्दैन । श्रीमती पाएपछि, र श्रीमतीको दरिलो भूमिकामा खरो उत्रिन पार्टनर आइपुगेपछि काठमाडौँको सङ्घर्षको दिनमा नै पहिलो कविता कृति ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ जन्मियो जुन मैले अँचिला काटेको रहेछु । पूरै प्रेमको खाटो बसेपछि जन्मिएपनि विमोचनको समयमा प्रमुख अथिति आदरणीय कवि व्याकुल माइलाले कविता सङ्ग्रहमा जवानीमा फुल्ने प्रेमका कविता अटाएनछन् भन्दा म झल्याँस्स भएँ। प्रेम बहुत सुन्दर लाग्छ तर सायद प्रेमपछिको झर्को समयमा जन्मिएछ पहिलो कृति ‘चुचुरो अनि स्वास्नीमान्छहरू’ । अहिले समय फेरियो। प्रेम जति सुन्दर कुरा केही होइन मेरो लागि । त्यसैले प्रेम नै धेरै लेखियो सायद यस कृतिमा । जोसँग पनि घुलमिल हुन समय लागेपनि पछि घनिष्ट हुन्छु म । यसै क्रममा एघार कविका एक सय दश कविताको कृति ‘उज्यालोका मालीहरू’ महेश पौड्यालको सम्पादनमा अंशियारीमा विमोचन भयो, घनिष्ट सम्बन्ध बनाउँदै। अंश बाँडफाँड गर्ने जिम्मा बाबा र मातेसँग मात्र छ। मोफसलमा रहेर राजधानीलाई औंला ताकिरहेको छु । साहित्य जगतमा राजधानीमा राजाजस्ता धनी बस्नेले मोफसलको म फसल उमार्नेलाई एउटै नामले चिन्दो हो तर छिचिमिरा जस्तो थपक्क उडेर पखेटा चुडाएर फेरि हराउनु पनि भएन । देवलमा बरु च्याउ नै उमार्छु । सङ्घर्षका नाममा लेख्ने काम जारी राखेको छु, लेखिरहने छु। यो यसैको एउटा प्रमाण हो ।” पुस्तकलाई पेज टर्नरले बजारमा ल्याएको छ । ६६ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय ७५ रुपियाँ रहेको छ । The post साताकाे पुस्तक : घुम्ती बिक्रीमा छ appeared first on साहित्यपोस्ट.