Redirecting...

एमाले पदाधिकारीमा ईश्वर पोखरेल समूहबाट को-को बन्दैछन् उम्मेदवार ? - ehimalayatimes.com

एमाले पदाधिकारीमा ईश्वर पोखरेल समूहबाट को-को बन्दैछन् उम्मेदवार ? - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि ईश्वर पोखरेल समूहले आफ्ना उम्मेदवार करिब टुंगो लगाएको छ। आगामी नेतृत्वका लागि अध्यक्ष पदमा ईश्वर पोखरेल स्वयं प्रतिस्पर्धामा उत्रने भएका छन्। महासचिव पदमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने पक्का भएको छ। उपाध्यक्ष पदमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम टुंगो लागेको स्रोतले जनाएको छ। उपमहासचिव पदमा योगेश भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ भने उपमहासचिवकै उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि समावेश गरिएको छ। सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब टुंगो लागेको एक नेताले जानकारी दिए। यसैगरी सचिवको उम्मेदवार सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि समावेश गरिएको छ। यद्यपि छलफल जारी रहेकाले उम्मेदवारी दर्ताको समयसम्म केही नाममा हेरफेर हुन सक्ने ती नेताले बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमाले ११औँ महाधिवेशनको बन्दसत्र हाल काठमाडौंको भृकुटीमण्डपमा जारी छ। यस महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ।