लघुकविताः बस्… कविता लेख्छु - sahityapost.com
Source: shpt
कहिले उनासीमा झरेको मनचौरासीमा उठ्छ कि भनेर लेख्छुकहिले न्यानो हराएको चुल्होमाआगो जुटछ कि भनेर लेख्छुजिन्दगीमा आशर कलममा कविताको बास रहुन्जेलमाटोको सुवास लुट्छ कि भनेर लेख्छु कहिले जोडिएको मनतोडिन्छ कि भन्ने डरले लेख्छुकहिले तोडिएको मनजोडिन्छ कि भन्ने रहरले लेख्छुछातीमा नअटाएको आफ्नै मनकतै – एक्लै छोडिन्छ कि भनेर लेख्छु तर यी निर्लज्ज –स्वाँठहरूको साम्राज्यमान लेखेर सकिन्छन छेकेर सकिन्छबस् ! आफ्नै सपना सिलाउन लेख्छुधेरै गाह्रो छ जिन्दगीतैपनि छेउकुना मिलाउन लेख्छु । चैनपुर, संखुवासभाहाल: रातोपुल, काठमाडौं The post लघुकविताः बस्… कविता लेख्छु appeared first on साहित्यपोस्ट.