सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने - kendrabindu.com
Source: kend
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज हुने दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्ले टस जितेर सुदूरपश्चिमविरुद्ध पहिले फ़िडिङ्ग गर्ने निर्णय लिएका हुन् । याे प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवनबीचकाे भिडन्त पनि हाे । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।