आईसीसी टी–२० विश्वकप ट्रफी बौद्धमा प्रदर्शनी, फोटो खिच्न सर्वसाधारणको भीड - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी काठमाडौंको बौद्ध क्षेत्रमा प्रदर्शन गरिएको छ। प्रदर्शनीमा राखिएको विश्वकप ट्रफीसँग फोटो खिच्न सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो। भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शनका लागि ल्याइएको हो। ट्रफी प्रदर्शनीले क्रिकेटप्रेमीहरूमा उत्साह थपेको देखिएको छ।