Redirecting...

सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार - ehimalayatimes.com

सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गर्नुभएको छ । सञ्चारमन्त्री खरेलले शनिवार पत्रकार रजकका परिवारलाई भेट्नुभएको हो । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताउनु भयो । शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैँ सम्झिरहने उल्लेख गर्नुभयो । पत्रकारको कार्यस्थलमा मृत्यु हुने अवस्था सिर्जना हुनु दुःखद् भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनेमा राज्य शर्तक रहेको पनि उहाँले बताउनु भयो । पत्रकार रजकको २०८१ चैत्र १५ गते राजावादीहरुको गरेको आन्दोनलका क्रममा मृत्यु भएको थियो ।