Redirecting...

निधिको टिप्पणी: म माथि दुर्व्यवहार गर्ने कांग्रेस होइनन् - nagariknews.nagariknetwork.com

निधिको टिप्पणी: म माथि दुर्व्यवहार गर्ने कांग्रेस होइनन् - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले आफूमाथि दुर्व्यवहार गर्नेहरू कांग्रेसका कार्यकर्ता नभएको पुष्टि भइसकेको दाबी गरेका छन्। मंगलबार पार्टी कार्यालयमा पत्रकारसँग कुराकानी गर्दै निधिले यस्तो दाबी गरेका हुन्। ‘विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम छैन भनेको छ,’ निधिले भने, ‘यदि छैन भने मसँग यहाँ भएको जुन दुर्व्यवहार छ कोही हुलदंगा गर्ने, अर्को भाषामा भन्ने हो भने गुण्डागर्दी उच्छृङ्खल तत्त्व आएको थियो।’ त्यो आउन नहुने बताउँदै उनले अगाडि भने, ‘सरकारको, प्रशासनको पनि यो कर्तव्य हुन्छ। हाम्रै कार्यालयको प्रशासनिक दायित्व पनि पर्छ।’ आफू आउँदा गाडी आउने बाटो बन्द भएको, गाडीभित्रै बस्ने अवस्था नभएको उनले बताए। त्यही भएकाले आफू गाडीबाट ओर्लिएको उनले बताए। ‘म गाडीबाट ओर्लिएपछि दुई चार जना केटाहरू आएर बाटो छेके। उनीहरूलाई म चिन्दिनँ,’ निधिले भने,‘त्यसपछि मैले मलाई जान दिनुप¥यो भनेँ। उनीहरूले विशेष महाधिवेशन गर्नुप¥यो, हामी तपाईँको भोटर हो भने।’ त्यसपछि उनीहरूले आफूमाथि उच्छृङ्खल व्यवहार देखाउँदै असभ्य भाषा बोलेर दुर्व्यवहार गरेको उनले बताए। ‘त्यसपछि मैले को हो तपाईँहरू? मैले त चिनिनँ भनेको हो,’ उनले भने। पछि उनीहरू कांग्रेस नभएको पुष्टि भएको उनले दाबी गरे। ‘विशेष महाधिवेशन पक्षधर मधु आचार्यले केन्द्रीय कार्यालय घेर्ने हाम्रो कार्यक्रम छैन भनेपछि यिनीहरू विशेष महाधिवेशन पक्षधर पनि रहेनछन्,’ निधिले भने। त्यहाँ रहेकाहरूको मुखबाट रक्सी गन्हाइरहेको पनि उनले बताए। यो काम निन्दनीय भएको निधिले बताए।