Redirecting...

एमाले महाधिवेशनमा ज्योति मगरको ‘इन्ट्री’, नाच्दै भनिन्– आयो एमाले आयो - www.sutranews.com

एमाले महाधिवेशनमा ज्योति मगरको ‘इन्ट्री’, नाच्दै भनिन्– आयो एमाले आयो - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भइरहेको छ । गत शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटनसत्र गरेर आइतबारदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदा केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । जसकारण यतिबेला भृकुटीमण्डप एमालेको चुनावमय भइरहेको छ । यही बेला गायिका ज्योति मगर पनि महाधिवेशनस्थल पुगेर भोट मागेकी छन् । ओलीको प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरुको फोटो बोकेर उनले मत मागेकी हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै ज्योतिले भनिन्, ‘समावेशीताको कुरा छ । युवालाई पुस्तान्तरण गर्नुपर्ने कुरा छ। त्यसकारणले युवा नेता पूर्ण गुरुङ चाहियो ।’