Redirecting...

फेरि सर्यो एमालेको बन्दसत्र - farakdhar.com

फेरि सर्यो एमालेको बन्दसत्र - farakdhar.com
Source: FRDH

नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दसत्र दोस्रो पटक सारिएको छ । आज बिहान ७ः३० बजेदेखि सुरू हुने भनिएको बन्दसत्र एमाले केन्द्रीय बैठक बस्ने भएपछि मध्यान्ह १२ः१५ बजेका लागि सारिएको थियो । अहिले उक्त समयलाई पुनः दिउँसो १ बजेका लागि सारिएको छ । भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ । बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । ...