दुर्गा प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने - bankingsamachar.com
काठमाडौं – दुई फरक मुद्दा खेपिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई निर्देशन दिएको हो । सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैंकिङ्ग कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । त्यस्तै, सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा दायर गरिएको बैंकिङ्ग कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् । प्रसाईं ११९ दिनमा जेलमुक्त भएका हुन् ।