Redirecting...

एमालेमा कुन पदमा उम्मेदवारी दिँदा कति लाग्छ शुल्क? - www.onlinepana.com

एमालेमा कुन पदमा उम्मेदवारी दिँदा कति लाग्छ शुल्क? - www.onlinepana.com
Source: onpa

काठमाडाैं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्दा लाग्ने शुल्क सार्वजनिक गरिएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन्। एमाले महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन १५ हजार रुपैयाँ शुल्क लाग्छ। पदाधिकारीमा उम्मेदवारी दिन १० हजार रुपैयाँ लाग्छ भने आयोगका अध्यक्ष उम्मेदवारी दिँदा पनि १० हजार शुल्क तिर्नुपर्छ। आयोगका पदाधिकारी र सदस्यलाई भने ५ हजार शुल्क तोकिएको छ। The post एमालेमा कुन पदमा उम्मेदवारी दिँदा कति लाग्छ शुल्क? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).