हङकङमा निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन सरकारको आदेश - ujyaaloonline.com
Source: unn
हङकङमा गएको बुधवार वाङ फुक कोर्ट नामको आवासीय भवनमा भएको ठूलो आगलागीपछि त्यहाँको सरकारले निर्माणाधीन भवनहरुमा लगाइएका जाली तत्काल हटाउन आदेश दिएको छ । अहिले मर्मत र रंगरोगन चलिरहेका सबै भवनमा लगाइएको स्क्याफोल्डिङ जालीलाई पर्सि शनिवारसम्म अनिवार्य हटाउन आदेश दिइएको बीबीसीले जनाएको छ । अनुसन्धानले भवन वरिपरि प्रयोग गरिएको सुरक्षात्मक जाली आगो रोक्ने मापदण्डअनुसार नबनेको पत्ता लागेको दाबी गरिएको छ । सरकारको यो आदेशले झन्डै तीन सय भवन प्रभावित हुनेछन् । कम गुणस्तरको जाली प्रयोग गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने सरका...