‘नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन’- मन्त्री गुप्ता - arthasarokar.com
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन् । शुक्रवार अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित ‘सडक दुर्घटना न्यूनिकरण सचेतना स्वयंसेवक’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारेका छन् । तर, भएका श्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् । उनले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । त्यस्तै, उनले सकारात्मक रुपमा अघि बढ्नसके सबै काम सफल बन्दै जाने पनि बताएका छन् ।