Redirecting...

गीतकार नारायण खतिवडाको नयाँ गीत “पिएँ–पिएँ” सार्वजनिक [भिडियो] - kendrabindu.com

गीतकार नारायण खतिवडाको नयाँ गीत “पिएँ–पिएँ” सार्वजनिक [भिडियो] - kendrabindu.com
Source: kend

काठमाडौं । गीतकार नारायण खतिवडाको “खुशी हुन्छ आफैभित्र, खोज्छौ बाहिर- बाहिर” भन्ने आत्मीक चेतयुक्त गीत सार्वजनिक भएको छ । नेपाली समाजको विद्यमान अवस्थाको चिरफार गर्दै प्रतीकात्मक साहित्यको झल्को दिने नयाँ गीत “पिएँ–पिएँ” सार्वजनिक भएको छ। नेपाली समाजमा पछिल्लो समय नकारात्मक सोच र मनोवृत्ति बढ्दै गएको यथार्थलाई गीतले सशक्त रूपमा चित्रण गरेको छ। मानिसहरू अरूको कुरा काट्न आफ्ना अमूल्य समय खर्च गरिरहेका छन्। अरूमा खोट देखाउने प्रवृत्ति बढ्दो छ भने सहयोग गर्नुपर्दा अनेक बहाना बनाएर पन्छिने मानसिकता हाबी हुँदै गएको देखिन्छ। दिनप्रतिदिन मानिस स्वार्थी बन्दै गएको यथार्थलाई गीतले प्रतीकात्मक र साहित्यिक गहिराइका साथ प्रस्तुत गरेको छ। गीतमा गहिरो सन्देश पनि समावेश गरिएको छ। आजको भागदौडपूर्ण समाजमा मानिस खुशी र सुखको खोजीमा भौतारिरहेको देखिन्छ। तर वास्तविक खुशी र सुख त मानिसको आफैँभित्र हुन्छ भन्ने मूल भाव गीतले प्रस्ट्याएको छ। यसै सन्दर्भमा गीतका शब्द— “खुशी हुन्छ आफैँभित्र, खोज्छौ बाहिर–बाहिर, कस्तुरीले खोजेजस्तै सुगन्ध बाहिरतिर” मार्फत गहन सन्देश प्रवाह गरिएको छ। नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको यस गीत “पिएँ–पिएँ” को सङ्गीत तथा गायन मनोज साङ्सोन राईको रहेको छ भने अहिले चर्चित गीत “गुन भुल्यौ, पित्तलको सुन पायौ होला” की गायिका सारिका घिमिरेले स्वर दिएकी छन्।