धवलागिरि गाउँपालिकाको बजेट : १२९ योजना, चार प्रमुख क्षेत्र - farakdhar.com
Source: FRDH
जिल्लाको धवलागिरि गाउँपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयन गर्ने १ सय २९ वटा आयोजना तथा कार्यक्रम छनोट गरेको छ । गत असारमा भएको २४औँ गाउँसभाले पूँजीगत शीर्षकमा पूर्वाधारतर्फ १० करोड ७५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५२ लाख, आर्थिक विकासतर्फ रु ५२ लाख ५ हजार र सामाजिक विकासतर्फ २ करोड १५ लाख १६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले बजेट विनियोजन गरेका १ सय १, सङ्घीय र प्रदेश सरकारका हस्तान्तरित, समपूरक र विशेष अनुदानका नौ तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका १९ वटा योजना र...