एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो - www.onlinepana.com
Source: onpa
काठमाडाैं । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनको बन्द सत्रअघि केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद भने हटाउने निर्णय गरेको छ । एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बन्नेछ । \ The post एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).