Redirecting...

उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य, कप्तान रोहितको ह्याट्रिक - www.palikalive.com

उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य, कप्तान रोहितको ह्याट्रिक - www.palikalive.com
Source: plkl

काठमाडौं– कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा सुदूरपश्चिमले कमजोर ब्याटिङ गर्दै ८५ रनमा अलआउट भएको छ । लुम्बिनीका लागि कप्तान रोहितले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र ट्रम्पलम्यानले पनि समान ३ विकेट लिए । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साविक उपविजेता सुदूरपश्चिम रोएल्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ८५ रनमै अलआउट भएको हो । सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । ५१ लब खेलेका उनले १ चौका रहार गरे । चौथो विकेटका लागि कप्तान दीपेन्द्र र इशानको २५ रनको साझेदारी । कप्तान दीपेन्द्रले २० बलमा १ छक्का प्रहार गर्दै १३ रन बनाए । हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जवोडे । सुदूरपश्चिमको इनिङ्स धराशयी बनाउने क्रममा लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले सानदार बलिङ गर्दै ३-३ विकेट लिए । रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिँदै ह्याट्रिक नै पूरा गरे । रोहितले सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरार पुनित मेहरालाई लगातार आउट गरेका थिए । उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेरले ४ ओचरमा १८ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । The post उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य, कप्तान रोहितको ह्याट्रिक appeared first on Palika Live.