एनपीएलमा सुदूरपश्चिमले चितवनलाई दियो १ सय ७० रनको लक्ष्य - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले चितवन राइनाेजलाई १ सय ७० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेट गुमाएर १ सय ६९ रन बनायो । सुदूरपश्चिमका क्रिस लिनले सबैभन्दा धेरै ७५, आरिफ शेख र कप्तान दीपन्द्रसिंह ऐरीले समान २४ रन बनाए । चितवनका सैफ जैबले २, रञ्जित कुमार र जर्ज स्क्रिमशाले समान १ विकेट लिए । सुदूरपश्चिम यसअघि नै लगातार ५ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्ले अफ’ पुग्ने ...