एमाले केन्द्रीय कमिटीको बैठक जारी - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीकाे बैठक सुरू भएको छ । १० औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो अन्तिम बैठक हो । ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन भइसकेको र बन्द सत्र सुरू हुन लागिरहेको अवस्थामा एमालेले केन्द्रीय कमिटी बैठक आयोजना गरेको हो । बैठकमा पार्टीको भावी संगठनात्मक संरचना र नेतृत्व व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ । भक्तपुरको सल्लाघारीमा शनिवार उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र आज भृकुटीमण्डपमा हुँदैछ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ ।