Redirecting...

अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो - janatatimes.com

अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २९। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको बोन्डी बिच (समुद्री तट) मा हिजो भएको गोली काण्डमा ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा १५ जना पुगेको छ । घटनामा झन्डै ३० जनाभन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा १० वर्षीया बालिकादेखि ८७ वर्षसम्मका वृद्ध रहेका बीबीसीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले यहूदी समुदायलाई लक्षित गरी आक्रमण गरेको भन्दै निन्दा गर्नुभएको छ । यसलाई अस्ट्रेलियाको प्रहरीले आतङ्कवादी घटना भनेको छ । ज्यान गुमाउनेमा फ्रान्स र इजरायलका नागरिकहरु पनि रहेका छन् । घटनापछि स्थानीय समुदाय शोकमा डुबेको छ ।सार्वजनिक भएको भिडियोमा एक सर्वसाधारण नागरिकले आक्रमणकारीबाट बन्दुक खोस्दै गरेको देखिन्छ । प्रहरीले घटनामा एक जना आक्रमणकारीको पनि ज्यान गएको बताएको छ ।न्यु साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सका अनुसार अर्का एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समुद्री किनारमा एक कार्यक्रम चलिरहेका बेला गोली चलेको खबरमा उल्लेख छ । यद्यपि, आक्रमणको सम्बन्ध कार्यक्रमसँग सम्बन्धित भए नभएको बारे अझै पुष्टी भएको छैन ।