एमाले महाधिवेशन : उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित) - www.sutranews.com
काठमाडाैं । नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। एमालेकाे केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुने गरी नामावली सार्वजनिक गरेकाे हाे । अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी, पाँच पदको उपाध्यक्षमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा. विन्दा पाण्डे र विष्णु पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । महासचिवको पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुनेछ। मतदान प्रक्रिया भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने हुने केन्द्रीय निर्वाचन आयोगले जनाएकाे छ । यस महाधिवेशनमा २ हजार २६३ प्रतिनिधिहरू सहभागी छन्। यसपटक एमालेले विद्युतीय भोटिङ मेसिनहरूको प्रयोग गरेकाे छ, जसमा १०० मेसिनमध्ये ८० मेसिन मतदानका लागि प्रयोग गरिने छन्। प्रत्येक मतदाताले लगभग २५ देखि ३० मिनेट समय लिने अनुमान गरिएको छ। यस्ताे छ अन्तिम नामावली