दक्षिण अमेरिकी देश कोस्टा रिकाको फाइभजी टेन्डरमा एरिक्सन, नोकिया र ह्वावे सहभागी - www.technologykhabar.com
दक्षिण अमेरिकी देश कोस्टा रिकाको राज्य स्वामित्वको अपरेटर आईसीईले लामो समयदेखि ढिलाइ भएको २५ करोड अमेरिकी डलरको टेन्डरमा फोरजी-फाइभजी नेटवर्क उपकरण प्रदान गर्न इच्छुक विक्रेताहरूबाट पाँचओटा बोलपत्रहरू र ब्याकहल पूर्वाधार उपकरणका लागि थप आठ ओटा बोलपत्रहरू प्राप्त गरेको बताएको छ। जनवरीमा आयोजित ५जी फ्रिक्वेन्सीहरूको लागि सार्वजनिक लिलामी पछि यस महिनाको सुरुमा कोस्टा रिकाको नियन्त्रक कार्यालयले प्रक्रियालाई अन्ततः स्वीकृत गरेको थियो। राज्य स्वामित्वको अपरेटर आईसीई (ICE) ले धेरै ढिलाइ पछि टेन्डर सुरु गर्यो, जसको लक्ष्य ४जी र ५जी अधिग्रहण आवश्यकताहरूलाई एउटै प्रक्रियामा एकीकृत गर्नु थियो। केहि आपत्तिका कारण टेन्डरमा ढिलाइ भएको छ तर यो अगाडि बढिरहेको छ। प्रक्रियाले रेडियो पहुँच (र्यान) र ब्याकहल उपकरणहरू दुवैको लागि अधिग्रहण आवश्यकताहरूलाई एकीकृत गर्दछ। ह्वावे केही पक्षहरूको लागि बोलीदाता भए पनि, सरकारले पहिले नै सुरक्षा चिन्ताका कारण आगामी ५जी स्पेक्ट्रम लिलामीमा बोली लगाउन सक्षम नहुने संकेत गरेको थियो। फाइभजी स्पेक्ट्रम लिलामी चरणमा, लिबर्टी र क्लारो जस्ता अपरेटरहरूले भाग लिने एक रिपोर्टमा बताईएको छ। The post दक्षिण अमेरिकी देश कोस्टा रिकाको फाइभजी टेन्डरमा एरिक्सन, नोकिया र ह्वावे सहभागी appeared first on Technology Khabar.