बुटवलमा खुल्यो यामाहाको ‘ब्लू स्क्वायर’ शोरुम - www.meroauto.com
बुटवल । यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ‘ब्लू स्क्वायर शोरूम संचालनमा ल्याएको छ । कम्पनीले लुम्बिनी प्रदेशमा यामाहाको प्रिमियम शोरूम र सेल्स उपस्थितिलाई मजबुत बनाउन नयाँ शोरुम संचालनमा ल्याएको हो । उक्त नयाँ शोरुम बाइकर्ज बुटवल प्रालिले संचालन गर्नेछ । यो अत्याधुनिक सुविधा यामाहाको राष्ट्रव्यापी विस्तार रणनीतिमा एक महत्वपूर्ण माइलस्टोन रहेको कम्पनीकाे भनाइ छ । नयाँ ब्लू स्क्वायर शोरूम यामाहाको विश्वव्यापी प्रिमियम सेल्स पहिचानलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएको हो । यसमा ब्राण्डको सम्पूर्ण थ्री एस पूर्वाधार (सेल्स, सर्भिस र स्पेयर पाट्र्स)को सुविधा रहेको छ । जसले ग्राहकहरूलाई एकै छाना मुनि सम्पूर्ण सेवा अनुभव सुनिश्चित गरेको छ । तालिमप्राप्त सर्भिस स्टाफ, आधुनिक उपकरण र जेनुइन स्पेयर पाट्र्सको लागि डेडिकेटेड स्पेसले सुसज्जित यस शोरूमले उत्कृष्ट सेवा र आफ्टर सेल्स सर्भिस प्रदान गर्दछ । ‘ब्लूू’ले यामाहाको प्रतिष्ठित ब्राण्ड कलरलाई प्रतिनिधित्व गर्छ भने ‘स्क्वायर’ ले वान स्टप खरिद केन्द्रलाई जनाउँछ । ब्लू स्क्वायरमा ग्राहकहरूले मोटरसाइकल, स्कुटर, एक्सेसरीज, राइडिङ गियरहरू एकै ठाउँमा खरिद गर्न सक्छन् । यो आकर्षक वातावरणले ग्राहकहरूलाई प्रिमियम रिटेलको अनुभवका साथै यामाहाको स्टाइल, प्रगतिशील प्रविधि र राइडरको अत्यधिक सन्तुष्टिप्रतिको समर्पणलाई पनि झल्काउँछ। एमएडब्लू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बाइकर्ज बुटवल टिमलाई बधाई दिँदै यामाहाको ब्राण्ड पहिचानको लागि ब्लू स्क्वायरको सिद्धान्त र महत्वमाथि प्रकाश पारे । उनले भने, ‘ब्लूले सधैँ यामाहाको युथ, पर्फर्मेन्स, फन, प्यासन र बलियो रेसिङ म्ल्ब् को भावनालाई प्रतिनिधित्व गर्दै आएको छ। ब्लू स्क्वायर शोरूम, यस सिद्धान्तलाई वास्तविक बनाउन डिजाइन गरिएको हो। यहाँका तालिमप्राप्त कर्मचारी र प्राविधिकहरूले विश्वस्तरको सेवा दिन्छन् । बिक्रि र सेवा मात्र होइन, ब्लू स्क्वायरले राम्रो आतिथ्य र यामाहाले परिकल्पना गरेको जीवनशैली पनि देखाउन्छ । यसले हाम्रो बाइक, स्कूटर र यामाहा मर्चेन्डाइज मात्र होइन, प्रत्येक यामाहा राइडरको सोच, चाहना र उत्साहलाई झल्कउन्छ ।’ The post बुटवलमा खुल्यो यामाहाको ‘ब्लू स्क्वायर’ शोरुम appeared first on Meroauto.