नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने - swasthyakhabar.com
Source: swkh
संघका हालका वरिष्ठ उपाध्यक्ष रहेका डा रिजालको नेतृत्वमा रहेको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा र डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने छन्। डा दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्।