२०२८ देखि आईफोनहरूमा ट्यान्डम ओएलईडी डिस्प्ले ल्याउने विचारमा एप्पल - technologykhabar.com
एप्पलले सन् २०२८ देखि नै आईफोनहरूमा ट्यान्डम ओएलईडी डिस्प्ले ल्याउने विचार गरिरहेको द इलेकको नयाँ रिपोर्टले खुलासा गरेको छ। सन् २०२४ को आईप्याड प्रोमा पहिलो पटक प्रयोग गरिएको ट्यान्डम ओएलईडी प्रविधिमा दुई ओभरल्यापिङ ओएलईडी तहहरू समावेश छन् जसले उच्च ब्राइटनेस (चमक) र कम पावर खपत प्रदान गर्दछ। एप्पलले यस प्रविधिको सरलीकृत संस्करण रुचाउने गरेको टेलिग्राफले रिपोर्ट गरेको छ। त्यसैगरी एलजी डिस्प्ले र सामसङ डिस्प्ले कम्पनीसँग वार्तामा रहेको थप उल्लेख गरिएको छ। सामान्य दुई वर्षको विकास र उत्पादन चक्र पछ्याउँदै, यो स्क्रिन भएको पहिलो आईफोन सन् २०२८ मा डेब्यू हुने अपेक्षा गरिएको छ। यो प्रविधि सुरुमा प्रो मोडेलहरूमा प्रयोग गरिने सम्भावना रहेको बताइएको छ। The post २०२८ देखि आईफोनहरूमा ट्यान्डम ओएलईडी डिस्प्ले ल्याउने विचारमा एप्पल appeared first on Technology Khabar.