Redirecting...

आईफोन एयर २ मा फेरि दोस्रो रियर क्यामरा रहन सक्ने - www.technologykhabar.com

आईफोन एयर २ मा फेरि दोस्रो रियर क्यामरा रहन सक्ने - www.technologykhabar.com
Source: tckb

एप्पलको आईफोन एयर २ अस्तित्वमा रहेको र डिभाइसमा दोस्रो क्यामरा थपिने रोचक तथ्यबारेको हल्ला पुष्टि हुन‍े भएको छ। तर यो डिभाइस २०२७ को वसन्तमा मात्र आउने सम्भावनाको छ। गत महिना पहिलो पटक आईफोन एयर २ को बारे अफवाह बाहिर आएको थियो। हालको रिपोर्टले दोस्रो क्यामरा के कस्तो हुनेछ भनेर उल्लेख नगरे पनि नोभेम्बरको अफवाहले भने उक्त क्यामरा अल्ट्रावाइड हुनेछ भनेर उल्लेख गरेको थियो। मुख्य क्यामराले राम्रो नतिजाको साथ २× सम्म जुम क्रप गर्न सक्ने भएकोले हालको अफवाहले केही अर्थ दिए पनि वाइडर फिल्ड अफ भ्यू अनुकरण गर्ने कुनै उपाय नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ। अमेरिकामा आईफोन एयर २ लाई आफ्नो पूर्ववर्ती भन्दा सस्तो मूल्यमा उपलब्ध हुने भनिएको छ। पहिलो कुरा, फोनहरू वर्षौंदेखि महँगो हुँदै गएका छन् र एप्पलको बारेमा कुरा गरिरहँदा कम्पनीलाई आफ्नो नाफा मार्जिन साँच्चै मन पर्ने भएकोले आईफोन एयर २ आफ्नो पूर्ववर्ती भन्दा सस्तो मूल्यमा उपलब्ध हुने कुरा एकदमै अचम्मलाग्दो छ। आईफोन एयरको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ र यदि एयर २ सस्तो हुने हो भने, डिभाइसको मूल्य सम्भवतः ८९९ अमेरिकी डलरबाट सुरु हुनेछ। साथै एप्पललाई आईफोनको मूल्य निर्धारणमा ५० अमेरिकी डलरको वृद्धि मन नपर्ने बताइएको छ। यदि दोस्रो क्यामरा र सम्भवतः ठूलो ब्याट्रीको थपको साथ मूल्य कटौती भयो भने, आईफोन एयर २ आफ्नो पूर्ववर्ती भन्दा बढी आकर्षक बन्ने सम्भावना रहेको बताइएको छ। The post आईफोन एयर २ मा फेरि दोस्रो रियर क्यामरा रहन सक्ने appeared first on Technology Khabar.