Redirecting...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली - www.pardafas.com

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली - www.pardafas.com
Source: pfds

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ । श्रीनाथ गण १४औं डफ्फालाई बदल्न नयाँ गोरख गणको १५औं डफ्फाका १७५ जना सैनिक टोली मंगलवार दक्षिण सुडानतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ । त्यसैगरी, सोही मिसनमा आफ्नो कार्यकाल पूरा गरेका १७६ जना नेपाली शान्ति सैनिक सोमवार स्वदेश फर्किएका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्।