Redirecting...

गजलः मिलेर हल खोज्नु पर्छ - sahityapost.com

गजलः मिलेर हल खोज्नु पर्छ - sahityapost.com
Source: shpt

अब हामी सबै मिलेर हल खोज्नुपर्छ,देशका लागि समर्पित सपूत रोज्नुपर्छ हिमाली ठाउँ चिसोले अन्याय गर्दामधेशको न्यानोपनले मर्म बुझ्नुपर्छ झुपडी किन नहोस् आडको अर्थ बुझ्नएकपटक वर्षातमा झम्झमी रुझ्नु पर्छ गाँस-बास विहीन नहोस् कोही पनिअब सबैमा नवीन सुझबुझ हुनु पर्छ पैसा र काम त्यागी पर्देशी भूमिकोसुख-चैनलाई त आफ्नै देश रोज्नुपर्छ दाजुभाइ बीच मन्मुटाव हुँदा घरमाअझै पिताको अपरिहर्यता बुझ्नुपर्छ आफ्नै देश आफ्नै भेषमा रम्दै रमाउँदैआफ्नो आफ्नो कर्मलाई पुज्नु पर्छ मै हुँ भन्दा टुक्रियो हाम्रो घर समाजएक हुन त स्नेही सहकार्य रोज्नुपर्छ बल-पाखुरा हैन दरिलो पहल चाहियोअब त सर्वस्वीकार्य परिवर्तन खोज्नुपर्छ दूरदराज र शहर एक बनाउन त साथीशिक्षाको अपरिहर्यता पनि बुझ्नुपर्छ एक पटक फेरि मिलेर हल खोज्नुपर्छजस्तो हजार मौरीले एक रानु रोज्नुपर्छ । यश पाठकमेलबर्न, अष्ट्रेलिया The post गजलः मिलेर हल खोज्नु पर्छ appeared first on साहित्यपोस्ट.