Redirecting...

यमनले यूएईका सेनालाई देश छोड्न भनेपछि साउदी अरेबियाले राष्ट्रिय सुरक्षा चेतावनी जारी गर्‍यो - janatatimes.com

यमनले यूएईका सेनालाई देश छोड्न भनेपछि साउदी अरेबियाले राष्ट्रिय सुरक्षा चेतावनी जारी गर्‍यो - janatatimes.com
Source: jant

काठमाडौं, पुस १६ । यमनले संयुक्त अरब इमिरेट्स (यूएई) का सेनालाई देश छोड्न भनेपछि साउदी अरेबियाले राष्ट्रिय सुरक्षा चेतावनी जारी गरेको छ । साउदी अरेबियाले राष्ट्रिय सुरक्षा जारी गर्दै यमनले यूएईको सेनालाई २४ घण्टाभित्र देश छोड्न गरेको आह्वानलाई समर्थन गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।साउदी नेतृत्वको गठबन्धनले दक्षिणी यमनको बन्दरगाह मुकाल्लामा पृथकतावादीहरूलाई विदेशी सैन्य समर्थनका रूपमा वर्णन गर्दै हवाई आक्रमण गरेको थियो । यसपछि यमनको साउदी समर्थित राष्ट्रपति परिषद्का प्रमुखले यूएई सेनालाई देश छोड्नका लागि समयसीमा तोक्नुभएको थियो ।साउदी अरेबिया र यूएई दुवै ओपेक तेल निर्यातकर्ताहरूको समूहका प्रमुख सदस्य हुन् । यी दुईबीचको कुनै पनि असहमतिले तेल उत्पादन निर्णयहरूमा सहमतिलाई बाधा पु¥याउन सक्ने खबरमा उल्लेख छ । यमनको राष्ट्रपति परिषद्का प्रमुख रशाद अल–अलिमीले पनि यूएईसँगको रक्षा सम्झौता रद्द गर्नुभएको यमनी राज्य समाचार एजेन्सीले जनाएको छ । यस्तै उहाँले टेलिभिजनमा दिनुभएको भाषणमा यूएईले दक्षिणी सङ्क्रमणकालीन परिषद् ९एसटीसी० लाई समर्थन गरेर यमनमा आन्तरिक कलहलाई बढावा दिएको आरोप लगाउनुभएको खबरमा उल्लेख छ ।