रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै - nagariknews.nagariknetwork.com
Source: ngrk
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आगामी निर्वाचन तथा सङ्गठन विस्तारसँग सम्बन्धित एजेन्डाहरूमा छलफल हुने जनाइएको छ।बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार र पार्टी समायोजन उपसमिति विस्तारलगायत विषयमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए।सो बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन र समानुपातिक उम्मेदवारको परिचालन कार्यविधिबारे पनि छलफल हुँदैछ।त्यसैगरी, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनका विषय बैठकको कार्यसूचीमा समावेश छन्।