सरकारले मल कारखाना स्थापना गर्न ढिलाइ नगरोस् : विनोद चौधरी - arthasanjal.com
Source: sanj
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीले मल कारखाना तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन् । मल कारखाना खोल्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत तदारुकता देखाएको उल्लेख गर्दै उनले त्यसको निर्णय लिन सरकारलाई सचेत गराएका हुन् । बुधबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद चौधरीले सो कारखाना बर्दघाटमा नै स्थापना गर्न पनि सरकारलाई सुझाव दिए । उनले मलको कृत्रिम अभाव हुन नदिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद चौधरीले उखु किसानलाई उचित अनुदान दिने व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको पनि बताए । सांसद चौधरीले मलको वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले ढिलाइ गर्न नहुने समेत बताए ।