भ्याली पब्लिक र न्युटन फाइनलमा - nagariknews.nagariknetwork.com
आयोजक भ्याली पब्लिक र न्युटन आइतबार १९औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन्।भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले फेरिल्यान्डलाई ३३-२३ ले पराजित गर्यो। भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन्। न्युटनले केभिकेएसएसलाई २६-२२ ले हरायो। न्युटनकी दिपसइना ठकुरीले १६ स्कोर गरिन्। सिनियर ब्वाइजमा न्युटनले भ्याली पब्लिकलाई ६०-५६ तथा टिआइएले हेम्सलाई ६७–५७ ले हराउँदै फाइनल भेट पक्का गरे।न्युटनका उज्ज्वल श्रेष्ठले २० तथा टिआइएका रोशन नगरकोटीले २८ अंक जोडे। जुनियर ब्वाइजमा गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमीलाई ३६–२६ तथा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमीलाई २६–२० ले पन्छाउँदै फाइनल यात्रा तय गरे।गोल्डेनपिकका अग्रज शेर्पाले १६ तथा एन्जल्स हार्टका रिहान क्षत्रीले ७ अंक बटुले। फाइनल सोमबार हुनेछ।