चौथोपटक मन्त्रिपरिषद् विस्तार गरिँदै, आजै चार नयाँ मन्त्रीको शपथ - farakdhar.com
Source: FRDH
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्ने भएकी छन् । आजै चार जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद् १४ सदस्यीय बन्ने भएको हो । स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम तथा रोजगार र इङ्नामलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे तय भएको छ ।