Redirecting...

९२ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, लाभांश क्षमता कति? - www.onlinepana.com

९२ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, लाभांश क्षमता कति? - www.onlinepana.com
Source: onpa

काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा झण्डै दोब्बर पुगेको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको थियो । यो वर्षको नाफा वृद्धि ९२.४५ प्रतिशत हो । बैंकले यो अवधिमा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष बैंकले नउठेको ऋणको सुरक्षणका लागि इम्पेरिमेन्ट चार्जस्वरुप १ अर्ब ३९ करोड रुपैयाँ छुट्याएको थियो । यो वर्ष यो शीर्षकमा जम्मा ३५ करोड रुपैयाँ मात्रै छुट्याउनु परेकोले यसले नाफामा व्यापक सुधारको अवस्था देखाएको हो । ११ अर्ब ६२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको बैंकले असार मसान्तसम्म १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरी १ अर्ब ४१ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । बैंकको रिजर्भ फण्डमा ६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । योसँगै बैंकको नेटवर्थ १६३.८० रुपैयाँ पुगेको छ । बैंकसँग हाल ९.४१ प्रतिशत बराबरको प्राथमिक पुँजीकोष र १३.३२ प्रतिशत बराबरको पुँजीकोष रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात घटेर ३.८३ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.६२ प्रतिशत र आधार दर ३.७९ प्रतिशत रहेको छ । बैंकको पुँजी कोषमा आम्दानीको अनुपात (रिटर्न अन इीक्वटी) ११.१३ प्रतिशत रहेको देखिन्छ । उच्च नाफाको बाबजुद बैंकको वितरणयोग्य नाफा भने एकल अंकमा छ । बैंकले यो वर्ष शेयरधनीलाई बाँड्न मिल्ने नाफा १ अर्ब ७ करोड रुपैयाँ देखिन्छ जुन प्रतिशेयर ९.३२ प्रतिशत बराबर हो । The post ९२ प्रतिशतले बढ्यो माछापुच्छ्रे बैंकको नाफा, लाभांश क्षमता कति? appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).