Redirecting...

स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न - sahityapost.com

स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न - sahityapost.com
Source: shpt

स्याङ्जाको आनन्दभवन, आदिखोला–६ फापरथुममा ३०औँ अध्यायका रूपमा एक साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ। कार्यक्रमको आयोजना आनन्दआश्रम ज्ञान केन्द्रले गरेको हो। गोष्ठीको सभापतित्व केन्द्रका सल्लाहकार तथा माविका पूर्व प्रधानाध्यापक टिकाराम ढकालले गर्नुभएकाे थियाे । कार्यक्रमको प्रारम्भमा संस्थाका सदस्य शारदा शर्माले सहभागीहरूलाई स्वागत मन्तव्य दिँदै साहित्यिक चेतना फैलाउने उद्देश्यमा केन्द्रको योगदानको चर्चा गर्नुभएकाे थियाे । गोष्ठीका प्रमुख अतिथि फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमालयजङ्ग बानियाले ग्रामीण समाजलाई सभ्य, सुसंस्कृत र चेतनशील बनाउने क्रममा साहित्यको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै भन्नुभयो, “पण्डित आनन्दमणि यस क्षेत्रका गुरु हुनुहुन्थ्यो, अहिले सोही प्रेरणाबाट प्रेरित भएर यो केन्द्र चलिरहेको छ।” साहित्यिक अभिव्यक्तिका क्रममा छात्रा शिखा सुनारले भावपूर्ण कविता वाचन गर्नुभएकाे थियाे भने सबिन जिटी, सूर्य जिटी र विनिता जिटीले आकर्षक कथा र कविता प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा अतिथि दिवाकर सुवेदीले यस्ता गोष्ठीहरूलाई ‘ज्ञानको राँको’ भनी मूल्याङ्कन गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। अन्य वक्ताहरूमा संस्थापक संरक्षक त्रिलोचन ढकाल, डा. ऋषिराम ढकाल, रिदम ढकाल र टिकाराम ढकाल वनपालेले केन्द्रका गतिविधि तथा भावी योजनाका बारेमा जानकारी गराउँदै ग्रामीण शिक्षा, साहित्य र संस्कृति प्रवर्द्धनमा संस्थाको प्रतिबद्धता दोहोर्याउनुभयो। सभापति ढकालले अन्त्यमा पण्डित आनन्दमणिको शैक्षिक योगदानको स्मरण गर्दै यही सभाकक्षमा आगामी भदौ ८ गते आमा समूह र छात्रा समूहहरूबीच तीज गीत प्रतियोगिता आयोजना गरिने जानकारी दिँदै गोष्ठीको समापन घोषणा गर्नुभएकाे थियाे । कार्यक्रमको सन्चालन त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा संस्थाका सदस्य शारदा शर्माले गर्नुभएको थियो। The post स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न appeared first on साहित्यपोस्ट.