गजल : लाग्छ सधैँभरि - sahityapost.com
Source: shpt
लाग्छ सधैँभरि यहाँ पुस भइरहोस्अँगालो यो न्यानो महसुस भइरहोस् । कैदी हामी उन्मादको ग्यास च्याम्बरभित्रदुवैलाई उस्तै उकुश–मुकुश भइरहोस् । अघि बढौँ कुकुर भुक्दा हात्ती लम्के जस्तैमतलब छैन दुनियाँमा खासखुस भइरहोस् । सँगै आँटे जित्न यहाँ कसलाई सकिन्न र ?हरेक पाइला मुनि चाहे एम्बुस भइरहोस् !