जन्ती बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो - ekantipur.com
Source: kant
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी-७ कै बडगाउँ घुम्तीमा दुर्घटना भएको हो ।