Redirecting...

हुन्डाईका गाडीमा आठ लाख रुपैयाँसम्म छुट, कहिलेसम्म छ यो आकर्षक अफर ? - corporatekhabar.com

हुन्डाईका गाडीमा आठ लाख रुपैयाँसम्म छुट, कहिलेसम्म छ यो आकर्षक अफर ? - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई असम अगष्ट’ योजना सुरू गरेको छ । विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूसहित ल्याएको यो योजनाअन्तर्गत गाडी किन्ने ग्राहकले आठ लाख रुपैयाँसम्म छुट पाउने भएका छन् । ‘यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको नि:शुल्क बीमा र विशेष छुटहरू प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आजदेखि लागू भएको यो योजना यही साउन २५ गते अर्थात् नाइमा मोबिलिटी एक्स्पोअवधिभर जारी रहनेछ । योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमणको अवसर रहेको पनि विज्ञप्तिमा उल्लेख छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्ने बताइएको छ । एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वत: सहभागी हुनेछन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूका लागि छनोट हुनेछन् । दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ । २६ तस्बिरमा हेर्नुहोस् नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन The post हुन्डाईका गाडीमा आठ लाख रुपैयाँसम्म छुट, कहिलेसम्म छ यो आकर्षक अफर ? appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.