आर्थिक हैसियतसहितको राष्ट्रिय स्वाभिमान - ekantipur.com
Source: kant
देश गरिब छ । कसैले नेपाल गरिब देश हो भन्यो भने हामी त्यसलाई सहजै स्वीकार गर्छौं । तर हाम्रा लागि नेपालको सार्वभौमसत्ता र नेपालीको स्वाभिमान सधैं महान् छ । कसैले यो मुलुकको सार्वभौमिकता र नेपालीको स्वाभिमानमाथि प्रश्न उठायो अथवा होच्याउने गरी व्यवहार गर्यो भने हामी प्रतिक्रियामा उत्रन्छौं ।