सुप यातातको अत्याधुनिक सेवा सुबिधा सहित ‘राजगद्दी एक्सप्रेस’ सेवा शुरु - www.nepaliheadline.com
कैलाली । ‘स्तरि सेवा हाम्रो चाहना, सुरक्षित यात्रा हाम्रो कामना’ मुलमन्त्र लिई ४२ बर्ष अघि स्थापना भै सार्वजनिक सेवा शुभारम्भ गरिरहेको सुन्दर सुदुरपश्चिम यातायात प्रालिले थप सेवा बिस्तार गरेको छ । करिब १ करोड २० लाखको लगानीमा ‘राजगद्दी एक्सप्रेस’ सोफा सिट टु वाइ वन सेवाको आजदेखि शुभारम्भ गरेको छ । उक्त सेवाको शिक्षाविद डाक्टर हेमराज पन्तले उदघाटन गरेका छन । कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल यातायात ब्यबसयी राष्ट्रीय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक टेकराज जोशीले सुन्दर सुदुरपश्चिम यातायात प्रालिले जहिल्यै यात्रुहरुको सुबिधामा ध्यान दिने गरेको बताए । उनले कुनै बेला टु वाइ टु फोल्डिङ सिट मात्रै रहेको बसहरु अहिले एसि सहितका भिआइपी सोफा सिट हुदै ‘राजगद्दी एक्सप्रेस’ सम्मको सेवा दिन सफल भएकोमा सेवाको सफलताको शुभकामना दिए । लामो दुरिमा यात्रागर्दा बिशेषगरी महिलाहरुका लागि सजिलो हुने यातायात ब्यबसायीको ठहर छ । बसको एकातिर सिंगल र अर्कोतिर डबल सिट रहेको छ । आरामदायी सिट भएका कारण लामोदुरिमा समेत थकान नहुने ब्यबयायीले बताएका छन । सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले यात्रु र साफन्त गुनासो भनेकै महिलालाई महिला नै सिटमा राखिदिनु भन्ने थियो । उनले अब यो सेवा शुभारम्भ भएपछि उक्त समस्याको हल हुने बताए । हाम्रो चाहना यो मात्रै नभएर यात्रुहरुलाई कसरी बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान रहेको बताउदै अध्यक्ष सापकोटाले बसमा यात्रा गर्दा यात्रुहरुले खाना, खाजा का साथै २ बोतल पानी समेत उपलब्ध रहने बताए । धनगढीबाट काठमाण्डौका लागि दिउसो ३ बजे र सोही समयमा काठमाण्डौबाट धनगढीका लागि बस छुट्ने प्रालीले जानकारी दिएको छ । बसमा यात्रा गर्ने यात्रुहरुको लागि खाजा, खाना र पानीको समेत सुबिधा रहेको प्रालीले जानकारी दिएको छ । उदघाटन कार्यक्रममा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझा, नाटा सुदुरपश्चिममा अध्यक्ष पदम बिक्रम सिंह, होटेल ब्यबसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।