Redirecting...

मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभाव, एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना - bishwokhabar.com

मौसम पूर्वानुमान : पश्चिमी वायुको प्रभाव, एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना - bishwokhabar.com
Source: bsbk

काठमाडौं– देशभर पश्चिमी वायुको प्रभाव रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।