Redirecting...

नेताहरूको ‘ओजन’विहीन आरोप, जनतालाई झुक्याएर किन सेक्छन् राजनीतिक रोटी ? - www.sutranews.com

नेताहरूको ‘ओजन’विहीन आरोप, जनतालाई झुक्याएर किन सेक्छन् राजनीतिक रोटी ? - www.sutranews.com
Source: sutr

टिप्पणी काठमाडौं । नेपाली राजनीतिमा दलका नेताहरूबिच आरोप–प्रत्यारोप भइरहनु सामान्यजस्तै छ । कुनै बेला उनीहरुले लगाउने आरोप गम्भीर प्रकृतिको पनि हुन्छ । केही वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्ड, ओली र देउवामाथि बुढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब कमिसन बाँडेर खाएको आरोप लगाएका थिए । २०७७ असोजमा गोरखामा आयोजित कार्यक्रममा भट्टराईले भनेका थिए, ‘करोड र लाखका कुरा छोडौँ, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा सुरु गरेको बुढीगण्डकी जलविद्युत् आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले ९ अर्ब रुपैयाँ कमिसन खाएर अलपत्र पारिरहेका छन् । मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु १०, ८ वटा आयोजनाबाट अर्बौंअर्ब कमिसन खाएर मुखमा बुझो लाएर बसेका छन् ।’ बाबुरामले ओली, देउवा प्रचण्डमाथि बुढीगण्डकीको मात्र नभएर १० वटा आयोजनाबाट अर्बाैं कमिसन खाएको आरोप लगाए । सो आरोपको तत्काल एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खण्डन पनि गरे । तर, आजपर्यन्त बाबुरामले आफूसँग भएको प्रमाण कुनै सरकारी निकायमा बुझाएछन्, न त सरकारी निकायले छानबिन गरेको छ । बरु उल्टै आफूले आरोपित गरेका प्रचण्डलाई गोरखामा लगेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन बाबुरामले भूमिका खेले । उनै बाबुरामले शुक्रबार (साउन १७) ओली र प्रचण्डमाथि आलोचकलाई सफाय गर्ने नेताको रूपमा चित्रण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ओली र प्रचण्डको तस्बिरसहित स्टाटस पोष्ट गरेका डा. भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाए । यसरी आरोप लगाउने नेता बाबुराम मात्र होइन, अधिकांश नेता आरोप लगाउन खप्पिस छन् । शुक्रबार नै विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीको दम्भ र अंहकारका कारण नेपालको कम्युनिस्ट आन्दोलन सकिने मोडमा पुगेको बताएका छन् । ‘एमालेमा अहिले जुन खालको तमासा चलिरहेको छ, त्यसले नेपालको कम्युनिस्ट आन्दोलन सक्छ । यसमा अध्यक्ष ओली लागिपर्नुभएको छ,’ उनले भने । सत्तामा हुँदा र बाहिर रहँदा एउटै विषयमा फरक अभिव्यक्ति दिने नेपाली राजनीतिक दलका नेताको चरित्र नै हो । कुनै बेला गम्भीर अपराधीजस्तो चित्रण गरेका नेतालाई सरकारमा सहभागी हुनुपरेको बेला देश र समृद्धिका नायकको रुपमा व्याख्या गर्न नेताहरु पछि पर्दैनन् ।आरोप लगाउने, तर आरोप प्रमाणीत गर्नु नपर्ने राजनीतिक कुसंस्कारले जनतालाई झुक्याएर उनीहरु ‘राजनीतिक रोटी सेक्ने काम गर्छन् । विपक्षीलाई लगाएको आरोपले आफूलाई फाइदा होला भन्ने नेताको सोच हावी देखिन्छ । आरोपितलाई चुनाव जिताउन, प्रधानमन्त्री तथा मन्त्री बनाउन, लाभको पदमा लैजान, उनको पक्षमा राजनीतिक माहोल सिर्जन गर्न धेरै पापड बेल्ने नेताहरुले लगाउन आरोपलाई अब जनताले पत्याउन छाड्दै गएका छन् ।