Redirecting...

चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति - www.pardafas.com

चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति - www.pardafas.com
Source: pfds

राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले आगामी निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरणका बारेमा प्रश्न उठाएकी छन् । शुक्रवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले निर्वाचनको मुखमा आइपुग्दा पनि चुनावी वातावरण उत्साहजनक नभएको र जनमानसमा धाँधलीको आशंका कायम रहेको बताएकी हुन् । गुरुङले निर्वाचनमा सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गरेकी छन् । कतिपय दलहरूले निर्वाचन बहिष्कार गरिरहेको अवस्था रहेको भन्दै उनीहरूलाई पनि त्रासको वातावरण सिर्जना नगरी आफ्ना विचार लैजान आग्रह गरिन् । उनले नेपालको भू–राजनीतिक अवस्था र राष्ट्रिय अखण्डताका बारेमा पनि चिन्ता व्यक्त गरिन् । देशको पूर्वी भाग टुक्राउने हल्लाहरू चलिरहेकोप्रति सचेत रहँदै राष्ट्रिय एकतामा खलल पुग्न नदिन उनले सबैको ध्यान आकर्षण गराइन् । उनले वर्तमान सरकारले पूर्ववर्ती सरकारले ल्याएका बजेट र योजनाहरू रोकेकोमा आपत्ति जनाइन् ।