कविता : दौड - sahityapost.com
Source: shpt
खै, किन हो एक्लै दौडन खोज्छ मान्छेखै, कुन खुसी भेटाउनलाई होबुर्कुसी मारिरहेको ! सिङ्गै आकाश निलेरडकार मार्ने सोचमाआफ्नै आफन्तको खुट्टा गिँडेरदम्भ र घमण्डको बैसाखी टेक्दैलङ्गडाउँदै एक्लै दौडन्छ। एउटा पित्तलको खोस्टो समाउनलाईछिर्के हानेर, धकेल्दैप्रथम बन्न खोज्छ । मृत्युपछि आफ्नै शालिक बनाउनलाईश्मशानघाट जित्ने होडबाजीमा तछाडमछाड गर्दैआफ्नो कात्रो आफैँ किन्छर किन्छ आफैँलाई जलाउनेकेही थुन्का काठहरू । तरतर उसले बिर्सेको छकिन्नलाई आफ्नै शवयात्रामा जाने मलामीर घाटसम्म बोकी पुर्याउनेकेही थान काँधहरू ।