प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्षका लागि दरखास्त खुल्याे - taksarnews.com
Source: tsar
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को उपाध्यक्षका लागि दरखास्त खुलेको छ । नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो । आजदेखि सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन सकिनेछ ।उपाध्यक्षका लागि विभिन्न योग्यता तोकिएको छ ।