Redirecting...

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार - nepalnews.com

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार - nepalnews.com
Source: NPNW

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवार बनेका छन्। यसअघि बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका गुरुङलाई आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो। गुरुङ विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्री बनेका थिए। विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुरुङले ३४ हजार ९६९ मत ल्याएर विजयी भएका थिए। यहाँ चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह छन्। नेकपाका तर्फबाट तामाङ उम्मेदवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि जिल्लाबाट ३६ वर्षीय हरिजङ्ग तामाङ उम्मेदवार बनेका छन्। पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले उनीलाई उम्मेदवारको टिकट प्रदान गरेसँगै आगामी फागुन हुने निर्वाचनमा उम्मेदवार बनेका हुन्।