Redirecting...

सामाजिक सञ्जालमा ‘एरेस्ट केपीओली’ र ‘एरेस्ट रमेश लेखक’ ह्याशट्याग अभियान तीव्र - www.technologykhabar.com

सामाजिक सञ्जालमा ‘एरेस्ट केपीओली’ र ‘एरेस्ट रमेश लेखक’ ह्याशट्याग अभियान तीव्र - www.technologykhabar.com
Source: tckb

जेनजी आन्दोलनमा भएको दमनको विरोधमा अगुवा सुदन गुरुङले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्याशट्याग अभियान सुरु गरेका छन्। जेनजी अभियन्ता सुदन गुरुङले आज सामाजिक सञ्जाल फेसबुकमा पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकको तस्बिरसहितको पोस्टर शेयर गरेका छन्। पोस्टरमा #ArrestKPOli, #ArrestRameshLekhak, र #ArrestMurderers जस्ता ह्याशट्याग प्रयोग गरिएका छन्। साथै, पोस्टरमा “हत्यारा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर” भन्ने लेखिएको छ। पोस्टको अन्त्यमा “हत्यारालाई पक्राउ गर, नत्र देश आफैँ एक्सन लिन बाध्य हुनेछ” भन्ने चेतावनीसमेत दिइएको छ। ‘हामी नेपाल’ नामक संस्थाका संयोजक समेत रहेका सुदन गुरुङले पोस्ट सार्वजनिक गरेसँगै अन्य प्रयोगकर्ताहरूले पनि उक्त सन्देशलाई व्यापक रूपमा शेयर गर्न थालेका छन्। यसअघि २३ र २४ भदौमा भएको ‘जेनजी विद्रोह’का क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पनि यस्तै ह्याशट्याग प्रयोग गर्दै समर्थनजनक पोस्ट गरेका थिए। The post सामाजिक सञ्जालमा ‘एरेस्ट केपीओली’ र ‘एरेस्ट रमेश लेखक’ ह्याशट्याग अभियान तीव्र appeared first on Technology Khabar.